नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

ओखलढुङ्गाका एक पुरुष बनेपाको खोलामा मृत भेटिए

ओखलढुङ्गान्युज । ८ मंसिर, ओखलढुङ्गा । जिल्लाका एक पुरुष काभ्रे जिल्लाको बनेपा शहर नजिकैको खोलामा मृत अवस्थामा फेला परेका छन् । मृत भेटिएका पुरुष ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं ५ का केशर बहादुर सुनुवारको छोरा वर्ष ४७ का अक्कल बहादुर सुनुवार रहेका छन् ।

सुनुवारलाई बुधबार साँझ बनेपा प्रहरीले खोल्सीमा मृत अवस्थामा फेला परेका थिए । पुरुषको शब फेला परेपनि पहिचान हुनसकेको थिएन । खोजी गर्दै जादा मृतक यसमको भएको पाइएपछि बनेपा प्रहरीले ओखलढुङ्गाको प्रहरी मार्फत घरपरिवार सम्म खबर पुर्याएको थियो ।

मृतक सुनुवार लामो समय देखि काठमाडौँ मै बस्दै आएका थिए । उनी काठमाण्डौ तिर नै रहेर ज्यामी काम गर्थे । प्रहरीले खबर गरेपछि शब भएठाँउमा पुग्दा मृतक सुनुवारलाई कसैले हत्या गरेर खोल्सीमा फालिदिएको जस्तो देखिएको स्थानीय शिक्षक शिब कुमार सुनुवार ले जानकारी दिए । तथापी घटनाकाे बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।