नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाबाट प्रतिनिधि सभा सदस्यमा गठबन्धनका खतिवडा जित नजिक 

ओखलढुङ्गान्युज, । ७ मंसिर, ओखलढुङ्गा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ अन्तर्गत ओखलढुङ्गाबाट गठबन्धनको तर्फबाट उमेदवार बनेका नेपाली कांग्रेसका रामहरि खतिवडा जीत नजिक पुगेका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारलाई झण्डै ७ हजार बढी मतले पछाडि पारेका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार रामहरी खतिवडाले ३३ हजार १ सय १२ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले २६ हजार २ सय ६ मत मात्र प्राप्त गरेका छन् ।

त्यस्तै उनीहरुलाई पछ्याइरहेका जनता समाजवादी पार्टी नेपालका जुद्ध बहादुर राईले ८९६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी का शोभा कार्कीले ७०६ मत प्राप्त गरेकी छन् ।