नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा प्रदेश सभा २ मा माओवादी केन्द्रका बाबुराम गौतम विजयी

ओखलढुङ्गान्युज । ७ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बाबुराम गौतम फराकिलो मतान्तर सहित विजयी भएका छन् । गौतमले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जिवी खड्कालाइ १ हजार ९६ मतले पछि पार्दै विजयी भएका हुन् ।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेर विजयी बनेका माओवादी केन्द्रका गौतमले १५ हजार ७ सय ३८ मत पाएका छन् । गौतमका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञान बहादुर खड्का (जिवी)ले १४ हजार ६ सय ४२ मत पाए । 

त्यस्तै त्यहाँ जनता समाजवादी पार्टी नेपालका शान्त बहादुर विकले ५६८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका पुष्पराज पोखरेलले ४०७ मत, नेशनल मंगोल अर्गनाइजेशनका बुद्धिमान राइले ६५७ मत, हाम्रो नेपाली पार्टीका हिरा बहादुर कटवालले १२२ मत र स्वतन्त्र उमेदवार टंकनाथ अधिकारीले ११२ मत प्राप्त गरेका छन् ।