नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवार ३६० मतका साथ विजयी

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन २०७९ अन्तर्गत ओखलढुंगा निर्वाचन क्षेत्र नं १ का गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी भएका छन् ।

सिद्धिचरण नगरपालिकाको तीनवटा वडाको २ हजार ९ सय ६८ मत गणना हुन बाँकी रहदा १ सय ५५ मतका साथ सुनुवार अगाडि रहेका थिए । आफ्नो मतान्तर लाई निरन्तरता दिँदै गठबन्धनका उमेदवार सुनुवार ३६० मतका साथ विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आधिकारीक रुपमा घोषणा भने गर्न बाँकी रहेको छ ।