नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा प्रदेश १ मा सुनुवार र गुरुङ विच कडा प्रतिस्पर्धा, मतान्तर १५५

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ओखलढुङ्गामा मतगणनाको परिणाम निकै प्रतिस्पर्धात्मक बनेको छ । एमालेका उम्मेदवार अम्विरबाबु गुरुङले आफ्नो मतान्तरलाइ निरन्तर घटाएका छन् । 

सिद्धिचरण नगरपालिकाको वडा नंं १ देखि ८ सम्मको मतगणना सकिदा एमालेका अम्विरबाबु गुरुङले कांग्रेसका उम्मेदवार प्रदीप कुमार सुनुवारसँगको मतान्तरलाइ १५५ मा झारेका छन् । 

प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा सिद्धिचरण नगरपालिकाको वडा नं ९ ज्यामिरे र वडा नं ११-१२ ओखलढुङ्गाको मतगणना गर्न बाकी छ । तिनवटै वडाको एकैपटक मतगणना गर्ने गरि तयारी थालिएको छ । आजै मध्यरातमा प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ओखलढुङ्गाले नयाँ सांसद पाउनेछ ।