नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा अघिअघि सुनुवार, पछ्याउँदै पूर्वमन्त्री गुरुङ

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन क्षेत्र नं १ ओखलढुङ्गामा गठबन्धनका उम्मेदवार प्रदीप कुमार सुनुवारले आफ्नो मतान्तरलाइ बढाउँदै लगेका छन् । सुनुवारले मत अन्तरलाई बढाउँदै लैजाँदा प्रदेश नम्बर १ का पूर्व भौतिक तथा पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ पछ्याई रहेका छन् । 

प्रदेश सभा निर्वाचन क्षेत्र नं १ का चारवटा पालिका मध्ये तीनवटामा सुरुवातदेखि नै लिड गरिरहेका सुनुवारले नगरपालिकाको मतगणना सुरुवात हुँदा पनि अग्रता लिएका छन् । नगरपालिकाको मत गणना सुरु भएपछि अग्रता बनाएका सुनुवारले पूर्वमन्त्री गुरुङलाई १ हजार ५ सय मतान्तरले पछाडि पारेका छन् । नगरपालिका क्षेत्र पूर्वमन्त्री गुरुङको गृह पालिका समेत हो ।

प्रदेश सभा क्षेत्र नम्बर एकमा रहेका चारवटा पालिका मध्ये बाँकी रहेको एकमात्र नगरपालिकाको ११ वटा वडाहरु मध्ये अब ९ वटाको मात्र गणना हुन बाँकी रहेको छ । ९ वटा वडाहरु गन्न बाँकी रहँदा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप कुमार सुनुवारले १० हजार ९ सय ९० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गुरुङले ९ हजार ४ सय ९० मत प्राप्त गरेका छन् ।