नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा प्रदेश निर्वाचन क्षेत्र नं २ मा जिवीलाइ उछिने बाबुरामले 

ओखलढुङ्गान्युज । ६ मंसिर, ओखलढुङ्गा । प्रदेश सभा निर्वाचन क्षेत्र नं २ ओखलढुङ्गामा गठवन्धनका बाबुराम गौतमले एमालेका जिवी खड्कालाइ उछिनेका छन् । 

मंगलबार विहान ८ बजे सार्वजनिक भएको मतपरिणाम अनुसार गौतमले खड्कालाइ ८ मतले पछि पारेका हुन्।

गठबन्धनका गौतमलाई उनकै पालिकामा एमाले खड्काले १०४ मतले टिपेर आएका थिए। तर खड्का कै गृह पालिकामा भने गठबन्धनका गौतमले पछाडी पारेका हुन् ।

सार्वजनिक पछिल्लो मतपरिणाम अनुसार एमालेका जिवी खड्काले ४ हजार ७ सय ८१ मत पाएका छन् भने गठबन्धनका बाबुराम गौतमले ४ हजार ७ सय ८९ मत पाएका छन् । प्रदेश सभा निर्वाचन क्षेत्र नं २ मा अन्य उमेदवारहरु भने धेरै पछि परेका छन् ।