नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

ओखलढुङ्गामा प्रारम्भिक चरणको मतपरिणाम सार्वजनिक, १ मा गठबन्धन २ एमाले अगाडी

ओखलढुङ्गान्युज । ५ मंसिर, ओखलढुङ्गा । मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत ओखलढुङ्गामा मतगणना सुरुवात भएको छ । मतगणना सुरु भएपछि पहिलो चरणको मतपरिणाम सार्वजनिक भएको छ ।

निर्वाचन क्षेत्र नं १ मा १५ सय मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको प्रथम मतपरिणाम अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का गठबन्धनका उमेदवार नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवारले ८७९ मत प्राप्त गरेका छन् । त्यहा नेकपा एमालेका अम्विरबाबु गुरुङले ४९२ मत पाएका छन् भने छाता चिन्हको उमेदवारले १४५ मत पाएका छन्।

त्यस्तै निर्वाचन क्षेत्र नं २ तर्फ पनि ११२६ मतगणना सकिएको छ । सार्वजनिक प्रथम चरणको मतपरिणाम अनुसार नेकपा एमालेका जिवी खड्काले ५९१ मत पाएका छन् भने गठबन्धनका उमेदवार नेकपा माओवादी केन्द्रका बाबुराम गौतमले ५०७ मत पाएका छन् । 

हालसम्म प्रदेश सभा तर्फ खिजिदेम्बा गाउँ पालिकाको वडा नं १ र २ तथा लिखु गाउँपालिकाको वडा नं १ र २ को मतगणना सकिएको छ ।