नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

कटुञ्जेका किरियापुत्रीले पनि गरे मतदान

ओखलढुङ्गान्युज । ४ मंसिर, ओखलढुङ्गा । जिल्लाको सुनकोशी गाउँपालिकामा आमाको जुठो बारेर बसेका ५ जनाले मतदान गरेका छन् । सुनकोशी गाँउपालिका वडा नं. १० कटुञ्जेका स्वर्गीय सरस्वती पराजुलीका छोराहरुले किरिया बारेको अबस्थामा नै मतदान गरेका हुन ।

पराजुलीको १२ दिन अघि कालगतीले नै मृत्यु भएको थियो । जुठो बारी नसक्दै चुनाव परेकोले मृतक पराजुलीका ६ भाइ छोराहरू मध्ये ५ भाइले मतदान गरेको कटुञ्जेबाट टेकराज खनालले जानकारी दिए । खनालका अनुसार ६ भाइ छोरा मध्ये एकजनाको मतदाता नामावलीमा नाम नभएकोले मतदानमा सहभागी हुन पाएनन् ।

आफुहरुको एकभोटले देशको भविष्य कोर्ने नेतृत्वको निर्धारण समेत हुने भएकाले मतदानमा सहभागी भएको मृतकका छोरा निलाराज पराजुलीले बताएको खनालले बताए।