नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

चुनावको मुखैमा ओखलढुंगामा संकास्पद वस्तु फेला, बम भएको आशंका

ओखलढुङ्गान्युज मंशिर, मोलुङ जिल्लाको मोलुङ गाउँपालिका वडा नं. ३ मा शनिवार विहानै संकास्पद वस्तु फेला परेको छ । मोलुङ गाउँपालिकाको वडा नं. ३ प्राप्चा र वडा नं. ४ हर्कपुर जोड्ने कुल खोलाको पक्की पुलमा संकास्पद वस्तु फेला परेको हो ।

पुलको दुवै तर्फ ढुङ्गाले सडक अबरोध गरिनुका साथै एका तर्फ प्रेसर कुकुरमा तार जोडे खतरा लेखिएको छ भने अर्का तर्फ स्टिलको क्यानमा तार जोडेर खतरा लेखेर छाडिएको छ । प्रेसर कुकरमा तार जोडेर खतरा लेखिएकोले बम भएको आशंका गरिएको छ ।

संकास्पद वस्तु फेला परेको स्थानलाई रामपुरवाट गएको नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरामा राखेको छ । बम भएको आशंकामा अहिले यो समाचार तयार पार्दै गर्दा जिल्ला सदरमुकामवाट नेपाली सेनाको बम विस्फोजर टोली घटनास्थल तर्फ प्रस्थान गरेको छ ।

संकास्पद वस्तु देखापरेपछि मतदान गराउन पुगेका प्रहरी, म्यादी प्रहरी सहित स्थानीय बासीको त्यहाँ भिड लागेको थियो । भिडलाई अहिले शशस्त्र प्रहरीको टोली पठाएर हटाईएको छ ।

संकास्पद बस्तु फेला परेको जानकारी आएपछि बम विस्फोजर सहितको नेपाली सेनाको टोली घटनास्थल तर्फ पठाईएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए । घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी छ ।