नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

खोटाङमा दाउरा काट्ने क्रममा एकको मृत्यु

ओखलढुङ्गान्युज । ३ मंशिर, खोटाङ । दाउरा काट्ने क्रममा रुखको मुढोले उछिट्याउँदा खोटाङमा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बराहपोखरी गाउँपालिका वडा नं. ५ पौवासेराका ६१ वर्षीय रामकुमार राई रहेका छन् ।

दाउराका लागि ढालेको रुखको मुढोले उछिट्याउँदा राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दाउराका लागि ढालेको रुख टुक्राउने क्रममा फेदतिरको मुढोले राईलाई उछिट्याउँदा करिब सात मिटर तल खसेका थिए । मुढोले उछिट्याएका राईको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएको खोटाङ प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीको टिम पुगेर मुचुल्का उठाइ शवलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा पोष्टमार्टमका लागि पठाइएको थियो । पोष्टमार्टम पश्चात शबलाइ आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।