नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

ओखलढुङ्गाका १२ अतिसंबेदनशील र २० मतदानस्थल संबेदनशीलको सूचिमा

ओखलढुङ्गान्युज । २९ कातिक, ओखलढुङ्गा । मंशिर ४ गते हुने आसन्न प्रतिनिधी सभा सदस्य तथा प्रदेशसभा सदस्य पदको निर्वाचनको लागि ओखलढुङ्गामा ८४ स्थलमा १ सय ५५ मतदान केन्द्र तोकिएका छन् । ८४ मध्ये १२ ओटा अतिसंबेदनशील मतदानस्थलको सूचिमा वर्गिकरण गरिएको छ । 

त्यस्तै २० ओटा संवेदनशील र ५० ओटा सामान्य मतदानस्थलको सूचिमा वर्गिकरण गरिएको ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जानकारी दिए । केहि समय अगाडी बसेको जिल्ला सुरक्षा समितिको बैठकले भौगालिक अबस्था, यातायातको पहुँच, दुर्गम तथा सुगम अबस्थाको विश्लेषण गर्दै ३ श्रेणीमा मतदान स्थलको बर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाई छ ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार जिल्लाका आठओटै स्थानीय तहका केहि केहि मतदान स्थल अतिसंबेदनशील क्षेत्र ठहरिएका हुन् । अतिसंबेदनशील तथा संवेदनशील मतदान स्थलमा अवस्था हेरेर सुरक्षा अवस्था कडाई गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार अतिसंबेदनशील मतदान स्थलको श्रेणीमा परेका १२ मतदान स्थलको आसपासमा दोश्रो र तेश्रो घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि सुरक्षा प्रदान गर्नेछन् । जिल्लाका सबै पालिकाको मतदान स्थलमा सुरक्षा व्यबस्था मजवुद वनाउदै मंगलवार बाट नै टाढाका मतदान स्थलहरुमा सुरक्षा सहितको मतदान सामाग्रीहरु पठाउन थालिएको छ ।