नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

निर्वाचनमा विद्यालय ४ दिन र सरकारी कार्यालयमा २ दिन विदा

ओखलढुङ्गान्युज । २९ कातिक, काठमाडौँ । आसन्न मंशिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन नजिकिदै छ । निर्वाचनको मिति नजिकिँदै गर्दा नेपाल सरकारले विद्यालय ४ दिन र अन्य सरकारी कार्यालयमा २ दिन विदा दिने निर्णय गरेको छ ।

आसन्न आम निर्वाचनलाई लक्षित गर्दै कर्मचारीहरु निर्वाचनमा खटिने हुदा सेवा प्रवाहमा कठिनाई हुने भएकाले सरकारी कार्यालयमा मंशिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । त्यस्तै अधिकांश विद्यालयमा मतदान केन्द्र भएकोले मतदान केन्द्र भएका विद्यालयहरुमा पनि मंशिर २ गतेबाट ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय भएको पनि गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुनावका लागि विद्यालयका शिक्षकहरु खटिएकोले विद्यालय विदा गर्ने निर्णय सार्वजनिक हुनु अगावै विद्यालयमा विद्यार्थीहरूको पढाइ भने अबरुद्ध भैसकेको छ । आम निर्वाचन बाहेक अन्य समयमा पनि विभिन्न बहानामा हुने विद्यालय बन्दका कारण आगामी चैतको दोस्रो सातामा हुने एसइइ परीक्षामा सहभागी हुने विद्यार्थीहरू भने मारमा परेका छन् ।