नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

वुमेन्स यू–१५ साफ च्याम्पियनसिपमा नेपालको ऐतिहासिक जित

ओखलढुङ्गान्युज । २५ कातिक, काठमाडौँ । पहिलोपटक नेपालले वुमेन्स यू–१५ साफ च्याम्पियनसिप जितेको छ । शुक्रबार बंगलादेशको ढाकामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाइ घरेलु मैदानमा हराउँदै नेपालले ऐतिहासिक जित हासिल गरेको हो ।

ढाकामा (आज) शुक्रबार भएको फाइनल खेलमा नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेको थियो । खेल सकिन एक मिनेट अगाडि नेपालले पेनाल्टीबाट गोल हुन नदिएपछि उपाधिमा ऐतिहासिक जित हासिल गरेको हो ।

डबल राउण्ड रोबिन लिग अन्तर्गत ढाकामा शुक्रबार दिउँसो सवा चार बजे सुरु अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग खेलेको हो । प्रतियोगितामा नेपालको चार खेलबाट १० अंक भएको छ । बंगलादेश भने सात अंकमै सीमित रह्यो ।

यस अघिको खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यस्तै नेपालले पहिलो खेलमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रोमा १–० ले पराजित गरेको थियो ।