नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सामूहिक बलात्कारका अभियुक्त ६ जनालाई मृत्युदण्ड

ओखलढुङ्गान्युज २३ कातिक १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बंगलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ । वालिकालाई बलात्कार गर्नेहरु मध्ये अन्य ४ जनालाई भने ८/८ वर्षको जेल सजाय सुनाईएको छ ।

महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधीकरण–३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई मृत्युदण्डको सजाय सुनाएको अदालतका सरकारी वकिल फरीद अहमदको भनाई उदृत गर्दै बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ ।

६ जनै अभियुक्तले सन् २०१९ को जुनमा शहरको बिहारी कोलोनी क्षेत्रमा १४ वर्षीया बालिकालाई बलात्कार गरेका थिए। मृत्युदण्ड पाउनेमा मोर्सेदुल इस्लाम शान्तो, शेख शहादत हुसेन, रब्बी हसन पोरोश, महमुद हसन आकाश, काजी अरिफुल इस्लाम प्रीतम र मोहम्मद मीम विश्वास रहेका छन् ।

घटनामा संलग्न अन्य ४ जना १४ देखि १७ वर्षका किशोर रहेकाले उनीहरूलाई ८/८ वर्षको जेल सजाय सुनाइएको छ। अदालतले दोषीलाई जनही २० हजार टाका जरिवानासमेत तोकेको छ ।

थाहाखबरबाट