नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

मन्त्रीको निधनमा प्रदेश नं. १ मा विहिबार सार्वजनिक विदा

ओखलढुङ्गान्युज । २३ कातिक, विराटनगर । प्रदेश नं. १ सरकारले प्रदेश भरि विहिबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सरकारका बहालवाला मन्त्रीको बुधबार निधन भएपछि प्रदेश १ सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश क्षेत्रभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय भएको  जनाएको छ।

प्रदेश सरकारले जारि गरेको सूचनामा सबै सरकारी कार्यालय र सार्वजनिक संघ संस्थामा विहिबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको उल्लेख छ । मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको थियो ।