नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

मानेभञ्ज्याङमा बोलेरो दुर्घटना, दुई घाइते

ओखलढुङ्गान्युज । ५ कातिक, ओखलढुङ्गा । शनिबार विहान ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँ पालिकामा बोइलर कुखुरा बोकेको बोलेरो दुर्घटना भएको छ । बोलेरो दुर्घटना हुँदा बोलेरोमा सवार चालक सहित दुईजना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका वडा न.४ बस्ने वर्ष २३ का चालक विशाल दनुवार  र कटारी नगरपालिका वडा न.१४ बस्ने वर्ष १८ का सहचालक प्रबिन पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घाइते चालक दनुवारको ढाड, हात र टाउकोमा चोट लागेको छ भने सहचालक पोख्रेलको दाहिने हात र घुडामा चोट लागेको छ ।

शनिबार विहान राति कटारीबाट ओखलढुङ्गा तर्फ बोइलर कुखुरा बोकेर आउदै गरेको प्रदेश १-०४-००१ च ००७५ नम्बरको (सिंगल क्याप) बोलेरो मानेभञ्ज्याङ गाउँपालिकाको हिलेपानी भञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो । गाडिको ब्रेक फेल भएर दुर्घटनामा परेको घाइते चालकले बताएका छन् । बोलेरो सडकबाट करीब ७० मिटर तल  खसेको छ ।

घाइते दुवैको सामुदायिक अस्पताल सोब्रुमा उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ।