नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

२०७९ सालको एसईई परीक्षा चैतमा हुने

ओखलढुङ्गान्युज । २८ असोज, काठमाण्डौं । यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैतमा हुने भएको छ । चैतको दोश्रो हप्तादेखी एसईई परीक्षा सञ्चालन गर्ने गरि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कार्यतालिका सार्वजनिक गरेको हो ।

यसभन्दा अगाडी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बैशाख महिनामा परीक्षा सञ्चालन गर्दै आएको थियो । बैशाखमा परीक्षा सञ्चालन गर्दा परीक्षाफल प्रकाशनमा ढिलाई हुँदा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुको पढाईमा असर गरेको भन्दै चैतमा नै परीक्षा सञ्चालन गर्नेगरि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कार्यतालिका निर्माण गरि सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० द्वारा जारी शैक्षिक २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार एसर्ईई परीक्षा चैत दोस्रो सातादेखि हुने गरी मिति तय भएको हो । कार्यतालिकामा एसइईको नतिजा २०८० असारमा प्रकाशित गरिने उल्लेख छ। परीक्षा केन्द्र निर्धारण भने २०७९ माघ मसान्तमा हुने उल्लेख छ ।

हेर्नुहोस कार्यतालिका :