नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

दशैं पछिको पहिलो दिन सेयर बजार ४४ दशमलब ६२ अंकले बृद्धि

ओखलढुङ्गान्युज २३ असोज, काठमाडौं दशैं अगाडी निरन्तर ओ¥हालो लागेको सेयर बजार दशैं बिदा पछिको पहिलो कारोबार दिनमा नै हरियाली छाएको छ । दशैं बिदाका कारण लगातार ९ दिन बन्द भएर आइतबार देखि खुलेको सेयर बजार परिसूचक नेप्से २ दशमलब ४१ प्रतिशत अर्थात झडै ४५ अंकले वृद्धि भएको हो ।

आइतबार सेयर बजारको बजार परिसूचक नेप्से ४४ दशमलब ६२ अंकले वृद्धि हुँदा १ हजार ८ सय ९८ दशमलब ३८ अंकमा बन्द भएको छ । नेप्सेसँगै  ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ८ दशमलब ७८ अंकले वृद्धि भएर ३ सय ७२ दशमलब २१ अंकमा बन्द भएको छ ।

आइतबार नेप्सेमा १३ वटै उपसूचकमा हरियाली छाउँदा वित्त कम्पनी र विकास बैंक उपसूचक साढे ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ । नेप्सेमा उच्च अंकको वृद्धि भए पनि कारोबार रकम भने १ अर्ब पनि पुगेन । आइतबार नेप्सेमा २५ लाख ३३ हजार ३९३ कित्ता सेयर किनबेच हुँदा ८३ करोड ६८ लाख ७३ हजारको कारोबार भएको छ ।