नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

पत्रकार राईको पुस्तक ‘ओखलढुंगा तथ्य र ईतिहास’ लोर्कापण

ओखलढुङ्गान्युज । ८ असोज, ओखलढुङ्गा । कान्तीपुर दैनिकका उपसम्पादक एवम् स्थापित पत्रकार कुम्भराज राईको पुस्तक ‘ओखलढुंगा तथ्य र ईतिहास’ नामक पुस्तक लोर्कापण गरिएको छ । शनिवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा स्थानीय ९२ वर्षिय जेष्ठ नागरीक भैर बहादुर श्रेष्ठले पुस्तकको लोर्कापण गरे ।

पत्रकार राईले लेखेको उक्त पुस्तकमा ओखलढुङ्गा जिल्लाको राजनितीक, ऐतिहासिक स्थल, दस्तावेज र ब्यक्ति तथा अन्तरवार्ता लगायतका विषयवस्तु समावेश गरिएको छ । पुस्तक २०० पृष्ठको रहेको छ । युगकवि सिद्धिचरण श्रेष्ठले कविता मार्फत ओखलढुङ्गा जिल्लालाई चिनाए पनि वास्तवमा ओखलढुङ्गा नाम नै कसरी रहन गएको हो ? ओखलढुङ्गामा कस्ता कस्ता घटनाहरु घटेका थिए ? लगायतका विषयमा पुस्तकमा खोजमूलक सामाग्री समावेश गरिएको छ । 

कार्यक्रममा उपस्थित समीक्षकहरुले भिन्न आकृतीमा प्रस्तुत यो पुस्तक पठनिय र संग्रह तथा अध्ययनका लागि राम्रो सन्दर्भ सामग्री बनेको बताएका छन । यो पुस्तक ईतिहास लेखनको सुभारम्भले जिल्लाको भाषा, साहित्य, कला, संस्कृती, पर्यटन, कृषी र अग्रजहरुले देखेका स्वर्णीम सपना के कस्ता थिए ? भविष्यको गन्तब्य पहिल्याउन ति सपनामुलक शन्देशले के कस्तो सुझाब दिन्छन् ? भन्ने कुरा समेत पुस्तकले प्रष्ट पारेको बताए ।

पुस्तक लोकार्पण कार्यक्रममा लेखक राईले आफुले झन्डै डेढ दशक देखी जिल्लामा रहेर पत्रकारिता गर्ने क्रममा संकलन गरिएका थुप्रै समाचार मध्ये सामान्य टिपोटहरुलाई मात्र छनौट गरेर पुस्तकमा समावेश गरिएको बताए । पुस्तकमा धेरै नयाँ कुरा समावेश नगरिएको भन्दै राईले यो पुस्तक प्रकाशन आफ्नो तेस्रो प्रयास भएको बताए ।

पुस्तकको नयाँ कुरा भनेकै ओखलढुंगामा जन्मिएकी डाटी शेर्पाले २०१९ सालमा न्यायका लागि आफुलाई टुक्राटुक्रा बनाएर लिखु खोलामा बगाएको महिलाको बारेमा समेत सम्भवत अहिलेसम्मकै सबैभन्दा बढी खोज पुस्तकमा पढ्न पाईने पत्रकार राईले बताए । त्यसैलाई आफुले सम्पतीको रुपमा समेत लिएको भन्दै राईले यसै विषयलाई राष्ट्रिय रुपमा प्रचार गर्नुपर्छ र तत्कालिन समयमा एउटा समुदाय र जातीमाथीको सोँचाई कस्तो रहेछ भन्ने समेत पुस्तकमा प्रष्ट पार्न खोजिएको बताए ।

पछिल्लो समय पुस्तक पढ्ने संस्कृतीबाट हामीहरु धेरै टाढा गैसकेको भन्दै पत्रकार राईले पुस्तक पढेर पुस्तकमा भएका कमी कमजोरी औँल्याईदिन समेत आग्रह गरे । ईतिहासलाई साक्षीको रुपमा राखेर, ईतिहासलाई टेकेर मात्रै अगाडी बढ्न सकिने भन्दै लेखक राईले उक्त पुस्तककै अर्को संस्करणलाई अझ परिमार्जित गरेर ल्याउने आफ्नो धारणा ब्यक्त गरे ।

बाईलाईन मिडिया ओखलढुंगाले प्रकाशन गरेको उक्त पुस्तक आज (शनिबार) सदरमुकाममा लोर्कापण गरिए सँगै बजारमा खरिद गरेर अध्ययन गर्न सकिन्छ । ओखलढुङ्गावासीलाई उक्त पुस्तक तत्काल उपलब्ध हुने भएपनि काठमाण्डौं तथा आसपासका जिल्लाहरुमा भने केहि समयमा नै पुस्तक उपलब्ध हुने पनि पत्रकार राईले बताए ।