नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाका प्रजिअ तामाङको गीत ‘पूर्वै पाँचथर’ सार्वजनिक

ओखलढुङ्गान्युज २६ भदौ, ओखलढुङ्गा प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङको रचनामा रहेको गीत पूर्वै पाँचथर सार्वजनिक भएको छ । तामाङ ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी हुन् ।

तामाङको स्थायी घर पाँचथरको साविक इम्बुङ गाविस हालको फाल्गुनन्द गाउँपालिका हो । ताप्लेजुङमा जन्मिएर ओखलढुङ्गाको प्रमुख जिल्ला अधिकारी रहेका तामाङको शब्दमा सार्वजनिक पूर्वै पाँचथर बोलको गीतमार्फत पर्यटकहरुलाई आकर्षित गर्ने प्रयास गरिएको छ ।

सार्वजनिक गीतमा पछिल्लो समयका व्यस्त र चर्चित गायक तथा संगीतकार तारावीर पाण्डेको संगीत तथा आदेश गुर्मछानको एरेञ्ज रहेको छ । गीतमा राजेश पायल राईको सुमधुर स्वर रहेको छ । सार्वजनिक गीतमा ताप्लेजुङको रमणीय पर्यटकिय क्षेत्रहरुलाई समेटेर भिडियो समेत बनाईएको । गीतले पाँचथर जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सहयोगी भूमिका निर्वाह गर्ने प्रयास गरेको छ ।

निजामति सेवामा दुई दशक बिताएका तामाङको शब्दमा सार्वजनिक भएको यो पहिलो श्रृजना हो । प्रजिअ तामाङ साहित्यका विभिन्न क्षेत्रहरुमा निरन्तर कलम चलाउछन् ।