नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

एसईई ग्रेड बृद्धि परीक्षामा २ लाख विद्यार्थी सहभागी

ओखलढुङ्गान्युज । १७ भदौ, काठमाण्डौं । शैक्षिक सत्र २०७८ अन्तर्गत एसईईको ग्रेड बृद्धि परीक्षामा देश भर २ लाख विद्यार्थीले सहभागीता जनाएका छन् । एसईई ग्रेडबृद्धि (पूरक) परीक्षामा दुई लाख बढी विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत भदौ ११ गते र १२ गते सञ्चालन गरेको परीक्षामा पहिलो दिन एक लाख ३९ हजार ३ सय ६२ र दोस्रो दिन ७४ हजार २ सय ८३ जना गरी २ लाख १३ हजार ६ सय ४५ जनाले परीक्षा दिएका छन् । ग्रेडबृद्धि (पूरक) परीक्षाका लागि नेपालभर ३ सय ७२ परीक्षा केन्द्रमा तोकिएको थियो ।

एसईई ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुने पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १०)ले जनाएको छ । परीक्षा सकिनासाथ उत्तरपुस्तिका संकलन गरेर अहिले उत्तरपुस्तिका परीक्षण सुरु भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए । परीक्षा नियन्त्रक रायमाझीका अनुसार ग्रेड बृद्धि परीक्षाको नतिजा दशैंअघि नै सार्वजनिक हुनेछ । अहिले विभिन्न १६ परीक्षण केन्द्रमा परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण भइरहेको छ ।