नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

विहिबार सामान्य घट्यो सेयर बजार

ओखलढुङ्गान्युज १६ भदौ, काठमाण्डौं पछिल्लो दिनमा निरन्तर घटि रहेको सेयर बजार विहिबार पनि सामान्य घटेको छ । बुधबार झन्डै २२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से विहिबार भने १ दशमलव शून्य आठ अङ्कले घटेको छ ।

विहिबार शेयर बजार परिसूचक सामान्य घटेर १ हजार ९ सय ७२ दशमलव २९ विन्दुमा झरेको छ । विहिबार बैंकिङ, व्यापार, उत्पादन, अन्य, म्युचल फन्ड र लगानी समूहको शेयर सामान्य घटेको छ । अरू समूहको शेयर भने सामान्य बढेको छ ।

विहिबार २ सय २५ वटा कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो । समग्रमा बजार घटे पनि सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ ।