नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

केन्या विरुद्धको क्रिकेटमा नेपालको पहिलो जित

ओखलढुङ्गान्युज । १० भदौ, काठमाण्डौं । केन्या विरुद्धको पहिलो अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । केन्याले  दिएको १ सय ३१ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले ३३‚ ज्ञानेन्द्र मल्लले २३‚ आसिफ शेखले १९, रोहित पौडेलले १३ रन बनाउँदा आरिफ शेख २४ रनमा नटआउट रहे । यसअघि जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो ।

उसका लागि इरफान कार्मीले ३४ रन बनाए भने लुकास ओलुच ३१ रनमा अविजित रहे । नेपालका सोमपाल कामीले ३, सन्दीप लामिछाने २, अदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए । जितसँगै ५ खेलको श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ।

नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि सोमबार केन्या प्रस्थान गरेको हो । यो प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरको पहिलो खेल समेत हो । पाँच खेलको सिरिज भदौ १४ गतेसम्म चल्ने छ । टी–ट्वेन्टी सिरिजपछि नेपालले भदौ १७ गतेदेखि २० गतेसम्म एकदिवसीय सिरिज खेल्नेछ ।

थाहाखबर बाट