नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

नवौ राष्ट्रिय खेलकुदका लागि ओखलढुङ्गावाट पुरुष/महिला भलिबल खेलाडी छनौट

ओखलढुङ्गान्युज भदौ, ओखलढुङ्गा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेश छनौटका लागि ओखलढुङ्गावाट पुरुष तथा महिला भलिबल खेलाडीहरुका छनौट सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुसँग आवेदन माग गरे अनुसार प्राप्त आवेदनहरु मध्येवाट पुरुष तर्फ १४ जना र महिला तर्फ १२ जना खेलाडी छनौटमा परेका हुन् ।

जिल्लावाट छनौटमा पर्ने पुरुष खेलाडी तर्फ समिप श्रेष्ठ, शंकर तामाङ, रित बहादुर गुरुङ्ग, तेज बहादुर खड्का, सन्दिप घिमिरे, मनोज घिमिरे अभिषेक थापा रहेका छन् । त्यस्तै पुरुष खेलाडीहरुमा नै दिलिप राई, प्रविण राई, अर्जुन कटवाल, नविन श्रेष्ठ, अनिल श्रेष्ठ, अनिल माझि र गोविन्द आलेमगर रहेका छन् ।

त्यस्तै महिला खेलाडीहरु तर्फ तारा श्रेष्ठ, सावित्रा राई, रेश्मि राई, कृष्ण कुमारी श्रेष्ठ, पासाङ्गल्हामु शेर्पा, शान्तिकला राई, प्रतिभा राई, सुधा राई, पूर्णिमा बाहिङ, याम कुमारी सुनुवार, सोना राई र ममिता राई राई रहेका छन् ।

जिल्ला खेलकुद विकास समितिले आवेदन माग गरि परेको आवेदनको आधारमा  जिल्ला खेलाडी छनौट समितिले खेलाडीको छनौट गरेको जिल्ला भलिवल संघ ओखलढुङ्गाले जनाएको छ । जिल्लावाट छनौटमा परेका खेलाडी प्रदेशमा पठाईनेछ । प्रदेशमा पनि छनौटमा पर्ने खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।