नेपाली समय Loading...२०८२ बैशाख ४ बिहीबार

सामुदायीक अस्पताललाई सुर्योदय बोमीको तिन थान डिस्पेन्जर हस्तान्तरण

ओखलढुङ्गान्युज । १ भदौ, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्लामा कार्यक्षेत्र रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सामुदायीक अस्पताललाई ३ थान खानेपानी फिल्टर डिस्पेन्जर प्रदान गरेको छ । जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पताल सोब्रुलाई लघुवित्तले उक्त सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाले एक कार्यक्रमको आयोजना गरेर अस्पताललाई चिसो तथा तातो पानी पिउनका लागी तिनथान डिस्पेन्जर प्रदान गरेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड ओखलढुङ्गा शाखा प्रमुख मीन कुमार दाहालले जानकारी दिए । डिस्पेन्जरको मूल्य करिब ३२ हजार ५ सय बराबरको रहेको संस्थाले जनाएको छ ।

उपचारका लागि अस्पतालमा आउने बिरामी तथा आम सर्वसाधारण लक्षित गरेर तातो तथा चिसो पानीको सहजताका लागी डिस्पेन्जटर उपयोगी हुनेछ । बिद्युतमार्फत स्वचालित रुपमा तातो तथा चिसो पानी एकै स्थानबाट आउने डिस्पेन्जरले बिरामी तथा सर्वसाधरण लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्थाले खानेपानी प्रसोधनका लागी उक्त सामाग्री प्रदान गरेको हो । संस्थाले जिल्लामा रही लामो समयदेखी महिला शसक्तिकरणका लागी धितोमार्फत सहुलियतपुर्ण रुपमा ऋण सुविधा उपलव्ध गराउदै आएको छ ।