नेपाली समय Loading...२०८० चैत्र १७ शनिबार

बाढिले काठमाण्डौंका नदि किनाराका घरहरु डुबानमा

ओखलढुङ्गान्युज । २५ साउन, काठमाण्डौं । गएराति काठमाण्डौं उपत्यका लगायतका क्षेत्रमा परेको निरन्तर वर्षातका कारण नदि किनारका बासिन्दाहरु प्रभावित भएका छन् । गएराति परेको वर्षातसँगै आएको बाढिले काठमाण्डौंका नदि किनारामा निर्माण भएका एकतला सम्मका घरहरु डुवानमा परेका छन् ।

निरन्तर वर्षात र वर्षात पछि आएको बाढिका कारण उपत्यकाका काँडाघारीm मनोहरा खोला, कपन तथा बागमती नदि क्षेत्रका बासिन्दाहरु प्रभावित हुनुका साथै त्यस क्षेत्रमा निर्माण गरिएका घरहरु डुबानमा परेका हुन । उक्त क्षेत्रको खोला, नदिमा आएको बाढिका कारण घर डुवानमा पर्नुका साथै पार्किङ गरेर राखिएका केहि थान सवारी साधनहरुलाई समेत बगाएको प्रहरीले जनाएको छ ।

काठमाण्डौं प्रहरीका अनुसार नदि तथा खोला क्षेत्रमा पालिएका गाई फारम तथा बंगुर फारमवाट गाई, सुगुरहरु समेत बगाएका छन् । यो समाचार तयारी पार्द गर्दासम्म बाढिका कारण हरहर महादेव नजिकको गाईगोठमा अलपत्र परेका मानिसहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको तर मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

गएराति काठमाडौंमा ठूलो पानी परेपछि जल तथा मौसम विज्ञान विभागले सतर्कताको सूचना जारी गरेको थियो । विभागको बाढी सूचना केन्द्रले भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएकाले पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन भनेको थियो । त्यस्तै ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो ।