नेपाली समय Loading...२०८१ बैशाख १२ बुधबार

शोमबार ओखलढुङ्गाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

ओखलढुङ्गान्युज २३ साउन, ओखलढुङ्गा ओखलढुङ्गामा शोमबार एकजना पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. ११ का पुरुष हुन् । उनी स्वास्थ्यकर्मी समेत रहेको जिल्ला स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुङ्गाका सूचना अधिकारी पुष्पराज पन्तले जानकारी दिए ।

हाल देशमा चौथो चरणको कोरोना संक्रमण दर तिब्रगतिमा बढेको छ । यसैक्रममा चौथो चरणको कोरोना संक्रमण फैलिरहेको बेला ओखलढुङ्गामा आज कोरोना संक्रमण पुष्टि भएका उनी दोश्रो ब्यक्ति हुन् । चौथो चरणको सुरुवातमा जिल्लाको लिखु गाउँपालिकाका एक महिलामा पनि कोरोना भाईरस संक्रमित भएकी थिईन । उपचार पश्चात उनी निको भैसकेको पनि सूचना अधिकारी पन्तले जानकारी दिए ।

शोमबार संक्रमण पुष्टि भएका पुरुषलाई उपचारका लागि हाल होम आईशोलेसनमा राखिएको सूचना अधिकारी पन्तले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणको दर फैलदै गरेको अबस्थामा ओखलढुङ्गामा समेत कोरोना संक्रमित भएका व्यक्तिहरु देखिन थालेकोले कोभिड खोप पूर्ण मात्रामा लगाउन तथा स्वास्थ्य शतर्कताका मापदण्ड अपनाई सुरक्षित रहन जिल्ला स्वास्थ्य कार्यालयले सबैलाई अनुरोध गरेको छ ।