नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सप्तकोशीमा पानीको बहाव उच्च, ४२ ढोका खोलियो

ओखलढुङ्गान्युज । २१ साउन, काठमाण्डौं । पहाडी जिल्लाहरुमा शुक्रबारदेखि परेको अविरल वर्षातका कारण सप्तकोशीमा पानीको सतह उच्च रुपमा बढेको छ । पानीको सतह बढेको पाईएपछि कोशी ब्यारेजको ४२ ढोका खुला गरिएको छ ।

सप्तकोशीमा शनिवार दिउसो ४ बजे प्रतिसेकेण्ड २ लाख २३ हजार क्युसेक पानीको बहाव मापन भएको थियो । पानीके बहाब उच्च भएपछि ब्यारेजको २८ वटा ढोका पूर्ण र १४ ढोका आंशिक रुपमा खोलिएको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए । प्रहरी निरीक्षक काफ्लेका अनुसार शनिबार दिउसो १ बजेसम्म पानीको बहाव २ लाख १७ हजार १७० क्युसेक प्रतिसेकेण्ड थियो ।

पानीको बहाव बढेसँगै ५६ मध्ये आंशिक र पूर्ण गरी ४२ ढोका खोलिएको छ । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउदै नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । कोशीको बाढीलाई मध्यनजर गर्दै सप्तरीतर्फ समेत प्रशासनले हाई अलर्ट जारी गरेको छ ।