नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

समूह चरणमा नै सिमित रहदै नेपाली यू २० फुटबल टिम नेपाल फिर्ता

ओखलढुङ्गान्युज । १९ साउन, काठमाण्डौं । भारतमा जारी २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारत फाईनलमा पुगेसँगै नेपाली टिम भने आज घर फर्किएको छ । आफ्ना प्रतिद्वन्द्वी दुई राष्ट्रमाथि सानदार जित निकालेको नेपाली टिमले भारत सामु भने निरिह बन्दै खेल प्रदर्शन गरेपछि फाईनल यात्रा तय नगरी नेपाली टिम घर फर्किएको हो ।

भारतको भुवनेश्वमा भएको प्रतियोगितामा नेपाल दुई खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हार बेहोर्दै प्रतियोगिताको फाइनल पुग्न असफल भएको थियो । प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको थियो । तर भारतसँग निरिह देखिएको नेपाली टिमले भारतसँग भने ८–० ले हार ब्यहोरेको थियो । बंगलादेशसँग भने १–१ को बराबरी खेलेको थियो।

भारतले फाइनलको यात्रा तय गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको हो ।  उपाधिका लागि भारत र बंगलादेश भिड्ने छन् । उपाधिका लागि भारत र बंगलादेश भिड्ने पक्का भएसँगै नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।