नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

भोलि शुक्रबार देखि मतदाता नामावली संकलनको कार्य स्थगित

ओखलढुङ्गान्युज । १९ साउन, काठमाण्डौं । नेपाल सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेको छ । निर्वाचन हुने निर्ण भएसँगै भोलि अर्थात साउन २० देखि मतदाता नामावलीको संकलन कार्य स्थगित हुने भएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको हो । सरकारको निर्णयसँगै साउन २० देखि मतदाता नामावलीको संकलन कार्य २० गते शुक्रबार देखि स्थगित हुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

निर्वाचन आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।