नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मोलुङ पुलवाट हाम फालेकी महिलाको अबस्था अझै अज्ञात

ओखलढुङ्गान्युज । १८ साउन, ओखलढुङ्गा । ओखलढुङ्गामा मंगलबार साँझ देखी एक महिला मोलुङ खोलामा बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा मोलुङ गाउँपालिका वडा नं. ५ की २५ बर्षीय पुजा दर्जी रहेकी छन् ।

श्रीमान् श्रीमती विच भएको दोहोरो विवाद पश्चात विवादवारे छलफल गर्न पूजा र उनका श्रीमान् दिनभर जस्तै अस्थाई प्रहरी विट प्राप्चामा रहेका थिए । प्रहरी चौकीमा भएको लामो छलफल पश्चात उनीहरु त्यहाँवाट हिडेका थिए । प्रहरी चौकीवाट निस्केपनि बेलुकी साझँ करीब साढे ६ बजे मोलुङ हाईड्रो पावरको ड्याम नजिकै रहेको झोलुङ्गे पुलवाट खोलामा हाम फालेकी थिईन् ।

परियार पुलवाट खोलामा हामफालेको हाईड्रोपावरको ड्याममा कार्यरत कर्मचारीहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको बारेमा जानकारी पाउनासाथ घटनाको अनुसन्धान तथा शबको खोजीका लागि मंगलबार साँझ देखी नै ईलाका प्रहरी कार्यालय रामपुरको टोली र स्थानीयहरु लागि परेका थिए । तर शबको बारेमा केहि संकेत नमिलेको तथा बेपत्ता भएकी परियारको अबस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।