नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

बुधबार थपिए कोरोनाका ९ सय १५ संक्रमित, दुईको मृत्यु

ओखलढुङ्गान्युज । १८ साउन, काठमाण्डौं । पछिल्लो दिनमा नेपालमा कोरोना भाईरसका संक्रमितहरुको संख्या तिब्रगतिमा बढेको छ । बुधबार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा ९ सय १५ जना कोरोना भाईरसका संक्रमित थपिएका छन् भने दुईजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ९० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । त्यस्तै २ हजार ९ सय ११ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय २५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८ सय ५३ पुगेको छ । केहिदिन अगाडी मात्रै प्रदेश नं. १ का मुख्य मन्त्री लगायतलाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।