नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

खोटाङ भूकम्प अपडेट ः एक घर भत्कियो, ४७ चर्कियो

फायल तस्विर

ओखलढुङ्गान्युज १६ साउन, खोटाङ आईतबार गएको ६ म्याग्निच्युटको भूकम्का कारण खोटाङमा झण्डै चार दर्जन बढि घरहरुमा क्षति पूगेको छ । खोटाङको साकेला गाउँपालिका वडा नं. ५ मात्तिमविर्ता केन्द्र भएर गएको भूकम्पका कारण एक घर लडेको छ भने ४७ घरहरु चर्किका छन् ।

भुकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका वडा नंं ५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ । भूकम्पका कारण चर्किएका अधिकांश घरहरु बस्न नै नमिल्ने भएका छन् । सञ्चार माध्यमहरुमा चार दर्जन बढि घरहरुमा क्षति भएको समाचार आईरहेको भएपनि खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले भजे मात्तिमविर्तामा २७ वटा घर चर्किएको भन्ने खबर मात्र प्राप्त भएको जानकारी दिए । अन्य चाहि कहाँ कति क्षति भयो भन्ने विषयमा तथ्यांक संकलन भैरहेको पनि प्रमुख जिल्ला अधिकारी सेढाईले बताए ।

आईतवार विहान ८ बजेर १३ मिनेट जादा ६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका कारण भोजपुर र ओखलढुङ्गाका केहि घरहरुमा पनि क्षति भएको समाचारहरु आईरहेका छन् । आईतबार विहान गएको भूकम्प पश्चात खोटाङ केन्द्र विन्दु भएर पटक पटक सानासाना पराकम्पनहरु गईरहेका छन् । जसका कारण नागरिकहरुमा अझै ठूलो भूकम्प आउने हो कि भन्ने त्रास फैलिरहेको छ ।

भूकम्पका कारण कहि कति क्षति भैहालेमा तत्काल उद्धार तथा राहत पु¥याउने गरि नेपाली सेना, नेपाल प्रहरी र विपद् व्यवस्थापनको टोली उच्च तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए । भूकम्पका कारण जिल्लाको कुन् कुन् स्थानीय तहमा केकति क्षति भयो भन्ने बारेमा आईतबार बेलुकी सम्म पूर्ण तथ्यांक प्राप्त भैनसकेको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।