नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

आइतबार विहानै भूकम्पको झड्का 

ओखलढुङ्गान्युज । १५ साउन, ओखलढुङ्गा । आइतबार विहानै खोटाङ जिल्लालाइ केन्द्र विन्दु बनाएर भुकम्प गएको छ । आइतबार विहान ८बजेर १३ मिनेट जादा भुकम्प गएको हो । 

खोटाङ जिल्लाको मार्तिमविर्तालाइ केन्द्र विन्दु बनाएर भूकम्प ६ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का खोटाङ जिल्लाको आसपासका जिल्लाहरूमा लगायत काठमाडौँमा समेत गरिएको थियो ।  

भुकम्पको ठूलो धक्का गएकोले कतैकतै केहि क्षति भएको आशंका गरिएको छ । भुकम्पको कारण कहाँ के कति क्षति भयो भन्ने बारेमा भने यो समाचार तयार पार्दा सम्म भने कुनै विवरण प्राप्त भएको छैन ।