नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

१० वर्षिय बालकलाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ

ओखलढुङ्गान्युज । १२ साउन, ओखलढुङ्गा । १० वर्षिय बालकलाई मरणासन्न हुनेगरि कुटपिट गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका वडा नं. ११ का ३८ वर्षिय सम्झना श्रेष्ठ रहेकी छन् ।

गत साउन ७ गते दुई बालवालिका बिच खेल्ने क्रममा भएको समान्य बिवादका कारण छिमेकी १० बर्षिय बालकमाथी कुटपिट गरेको उनीमाथी आरोप छ । पिडितका तर्फका हजुरबुबाले बुधबार अभद्र व्यवहार सम्बन्धि जाहेरी दर्ता गराएका थिए । उजुरी दर्ता गराएपछि कानुन बमोजीम श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

कुटपिटपछि बारम्बार बान्ता गर्ने समस्या देखिएका बालकलाई ओखलढुङ्गा सामुदायीक अस्पतालमा उपचारका लागि पुर्याईएको थियो । तर सामुदायीक अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले विरामीलाई काठमाण्र्डौको न्यूरो हस्पिटलमा रेफर गरेको थियो । हाल बालकको न्यूरो हस्पतालमा उपचार पश्चात रिफर गरिएको र एकहप्ता सम्म अस्पतालको निगरानीमा नै राख्न अस्पतालले भनेको बालकको परिवारले जानकारी दिएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बालकलाई कुटपिट गर्ने महिलाका बिरुद्ध ज्यानमार्ने उद्योग अन्तर्गतको मुद्धा चलाउन माग गर्दै पिडित पक्ष प्रहरीकोमा पुगेको भएपनि प्रहरीले उजुरी नलिएको पिडित पक्षको आरोप छ । ज्यानमार्ने उद्योगमा उजुरी लिन बालकलाई कुटपिट गर्दा हतियारको प्रयोग गरेको अबस्थामा मात्र उक्त मुद्धा चलाउन मिल्ने भन्दै प्रहरीले सुझाव सहित फिर्ता पठाएके र अभद्र व्यवहार सम्बन्धि जाहेरी आएपश्चात उजुरी दर्ता गरि आरोपीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।