नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

एसईईको नतिजा सार्वजनिक 

ओखलढुङ्गान्युज । ११ साउन, काठमाडौँ । आज दिउँसो राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक गर्नुअघि बुधबार दिउँसो नै परीक्षा बोर्डको बैठक समेत बसेको थियो ।

यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका थिए । वैशाख ९ गतेदेखि सुरु भएको परीक्षामा ११ हजार ६ सय १५ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए । 

३.६ देखि ४ जीपीए प्राप्त गर्नेको संख्या ९ हजार ६ सय ३३ रहेको छ । यस्तै ३.२ देखि ३.६ ल्याउनेको संख्या ४१ हजार ६ सय २७ रहेको बोर्डका परीक्षा नियन्त्रक दुर्गा प्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षामा २२ हजार ६ सय ४० जना अनुपस्थित भएका छन् । यो कुल परीक्षार्थीको ४ दशमलव ५७ प्रतिशत हो । 

कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा सञ्चालन गरेको थियो । यसपटक कोभिड महामारीको दुई वर्षपछि मात्रै बोर्डले परीक्षा सञ्चालन गरेको हो । 

एसइइको नतिजा यसरी हेर्न सकिन्छ :