नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

गैरकानुनी कल सेन्टर सञ्चालन गर्ने विदेशी सहित ३६ जना पक्राउ 

ओखलढुङ्गान्युज । साउन १०, काठमाडौं । गैरकानुनी रुपमा कल सेन्टर सञ्चालन गर्ने विदेशी नागरिकसहित ३६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको तीनकुनेमा गैरकानुनी रुपमा सञ्चालन गर्दै आएको स्काई वल्र्ड सर्भिस सेन्टरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एक चिनीयाँ, दुई भारतीय र ३३ नेपाली नागरिक रहेकाे नेपाल प्रहरीका प्रवक्ता टेकवहादुर राईले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौँ र मातहत नगर प्रहरी कार्यालय, प्रहरी वृत्तसमेतबाट खटिएको प्रहरी टोलीले कार्यालयमा छापा मारी विद्युतीय उपकरणसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रवक्ता राइका अनुसार अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाँक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोलमोलाइ गर्ने जस्ता गतिविधि गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुसँगवाट नगद ८ लाख २९ हजारसहित ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर  र एकवटा डिभिआरसमेत नियन्त्रणमा लिइएको छ । पक्राउमा परेकाहरुको विषयमा प्रहरीद्वारा थप