नेपाली समय Loading...२०८० चैत्र १५ बिहीबार

ओखलढुङ्गामा सवारी दुर्घटना, एकै परिवारका ३ घाईते

ओखलढुङ्गान्युज ३१ असार, ओखलढुङ्गा ओखलढुङ्गामा विहिवार सवारी दुर्घटनामा परि नाबालक सहित एकै परिवारका तिन जना घाईते भएका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिकावाट ओखलढुङ्गा तर्फ आउदै गरेको मोटरसाईकललाई विपरित दिशावाट काठमाण्डौं तर्फ जादै गरेको बोलेरोले ठक्कर दिई दुर्घटना हुदा उनीहरु घाईते भएका हुन् ।

प्र ३–०३–००८ प ५४९८ नम्बरको मोटरसाईकललाई ओखलढुङ्गावाट काठमाण्डौं तर्फ जादै गरेको प्र ३–०१–००२ च ७२५२ नम्बरको बोलेरोले ठक्कर दिई दुर्घटना हुदा उनीहरु घाईते भएका हुन् ।  घाईते हुनेहरुमा मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. २ घर भएका मनकामना मावि वाक्साका शिक्षक सन्तोष कार्की, उनका श्रीमती मुना खतिवडा तथा उनीहरुका नावालक २ वर्षका छोरा समुन्नत कार्की रहेका छन् ।

घरवाट ओखलढुङ्गा आउदै गरेको कार्की सवार मोटरसाईकललाई विहिबार दिउँसो मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ९ बालेथान भन्ने स्थानमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक केशब अधिकारीले जानकारी दिए । घाईतेहरुको उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा ल्याईएको र उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बोलेरो र बोलेरोका चालक उदपुर जिल्ला कटारी नगरपालिका वडा नं. ३ घर भएका २२ वर्षिय रुपेश कार्कीलाई नियन्त्रणमा लिई प्रहरी चौकी मानेभञ्ज्याङ्गमा राखिएको पनि प्रहरीले जनाएको छ ।