नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कोरोनाको संक्रमण दर बढ्यो उच्च गतिमा, बुधबार थपिए २०६ जना

ओखलढुङ्गान्युज २९ असार, काठमाण्डौं नेपालमा पछिल्लो दिनमा कोरोनाको संक्रमण दरले उचाई गति लिन थालेको छ । बुधबार पछिल्लो २४ घण्टामा मात्रै नेपालमा २ सय भन्दा बढिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार पछिल्लो २४ घण्टामा मात्रै २०६ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८२ जनाको पीसीआर परीक्षणमा १ सय ७७ जना र १ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २ सय ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसको पछिल्लो संक्रमण सुरुवात भएसँगै सक्रिय संक्रमित हुनेको संख्या १ हजार ५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।