नेपाली समय Loading...२०८१ बैशाख ६ बिहीबार

आज २०९ औं भानु जयन्ती

ओखलढुङ्गान्युज । २९ असार, काठमाण्डौं । आज असार २९ अर्थात आदिकवि भानुभक्त आचार्यको जन्मदिन । आज नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्तीको अबसर पारेर देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाईदै छ

आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०८ वर्षअघि अर्थात् वि.सं. १८७१ असार २९ गते भएको हो । बुबा धनञ्जय आचार्य र आमा धर्मावती देवीका छोरा हुन उनी । भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए ।

भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरेका थिए । रामायणलगायत भक्तमाला,  प्रश्नोत्तर, वधुशिक्षा, रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन् ।  उनको निधन वि.सं. १९२५  मा भएको थियो।