नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

उत्कृष्ट ३० कृषकलाई रामेछाप नगरपालिकाको नगद सहित सम्मान

ओखलढुङ्गान्युज २७ असार, रामेछाप नगरपालिका क्षेत्र भित्रका ३० जना उत्कृष्ट कृषकहरुलाई रामेछाप नगरपालिकाले सम्मान गरेको छ । शोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरि नगरपालिकाले कृषकहरुलाई सम्मान गरेको हो ।

कृषि तथा पशुपालन व्यबसायमा आबद्ध भएर उत्कृष्ट काम गरेका कृषकहरुलाई सम्मान गरिएको रामेछाप नगरपालिकाको कृषि शाखाले जनाएको छ । उत्कृष्ट बनेका ३० जना कृषकहरुलाई जनही नगद २० हजार सहित सम्मान पत्र समेत प्रदान गरिएको छ । उत्कृष्टमा छनौट परि पुरस्कृत तथा सम्मानित भएका कृषकहरुलाई नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगादेले कृषकहरुलाई खादा ओढाएर सम्मान पत्रका साथै नगद पुरस्कार प्रदान गरेका हुन् ।

नेपाल क्रमशः परनिर्भर बन्दै गएको अबस्थामा कृषकहरुलाई उत्कृष्ट छनौट गर्दै कृषि पेशा तथा व्यबसायमा निरन्तर लागि पर्नका लागि प्रेरणा पुगोस् भन्ने उद्देश्यले नगद पुरस्कार सहित सम्मान गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।