नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

नेपालमा पनि बढ्न थाल्यो कोरोनाको संक्रमण

ओखलढुङ्गान्युज । २० असार, काठमाण्डौं । पछिल्लो समय भारतमा कोरोना भाईरसको संक्रमण बढ्न थालेको छ । यसै क्रममा नेपालमा कोरोना भाईरसको संक्रमण बढेको छ । शोमाबार पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोना भाईरसका ४० जना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय ४७ जनाको पीसीआर परीक्षण  गर्दा ३४ जनामा र १ हजार १ सय ६३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी ४० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्ला दिनमा नेपालमा कोरोना भाईरस संक्रमीतको संख्या दिनानुदिन बढ्न थालेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाईरसका १९ जना संक्रमित निको भएका छन् भने हाल देशभर ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये१ ३ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशन र ४ जना आईसीयूमा छन् । यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।