नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

कांग्रेसका केन्द्रिय सदस्य सुनुवारलाई पत्नि शोक

ओखलढुङ्गान्युज । १२ असार, ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाका पूर्व सभापति तथा केन्द्रिय सदस्य प्रदिप कुमार सुनुवारलाई पत्नि शोक परेको छ । केन्द्रिय सदस्य सुनुवारकी धर्मपत्नी प्रमिला सुनुवारको शनिवार राति असामयीक निधन भएको हो ।

आफै पनि स्वास्थ्यकर्मी रहेकी सुनुवारलाई सुगर र प्रेसरको समस्या थियो । लामो समयदेखी सुगर र प्रेसरसँग जुधीरहेकी सुनुवार औषधी खाईरहेकी थिईन ।

नियमीत औषधीको सेवन गरिरहेकी सुनुवारलाई शनिवार साँझ अचानक स्वास्थ्य समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि तत्काल खिजिफलाटे अस्पताल पुर्याईएको थियो । अस्पताल पुग्नासाथ उनको मृत्यु भएको खिजिफलाटेवाट लिला सुनुवारले जानकारी दिए ।