नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

फेरि पेट्रोलमा बढ्यो प्रतिलिटर २१ रुपैया, डिजेल र मट्टितेलमा २७

ओखलढुङ्गान्युज असार, काठमाण्डौं शोमवारवाट लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थमा भारि बृद्धि गरेको छ । शोमबार विहान देखी लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २१, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २७ रुपैयाले बृद्धि गरेको हो ।

बढेको मूल्य शोमबार विहान राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले जनाएको छ । बढेको मूल्य अनुसार शोमबार देखि पेट्रोलियम पद्धार्थका उपभोक्ताहरुले पेट्रोलमा प्रतिलिटर १९९, डिजेल र मट्टितेलमा प्रतिलिटर १९२ रुपैया तिर्नुपर्ने छ ।

आयल निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ रुपैयाँले वृद्धि गरी १८५ रुपैयाँ प्रतिलिटर पुर्याएको छ । हवाई इन्धनको बाह्यतर्फ भने १०० अमेरिकी डलरले मूल्यवृद्धि गरिएको छ । पेट्रोलियम पद्धार्थको मूल्य भारि रुपमा बृद्धि गरेको भन्दै बिरोध भैरहेको बेला दैनिक घाटालाई समायोजन गर्न भन्दै पुन तेलमा भारि मात्रामा बृद्धि गरिएको हो ।

खाना पकाउने ग्याँसको मूल्य भने यसपटक नबढाइएको नेपाल आयल निगमले जनाएको छ । आयल निगमनले यस अगाडी नै खाना पकाउने ग्याँसको मूल्य बृद्धि गरि प्रतिसिलिन्डर २५०० पु¥याएको छ ।