नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा च्याउ खाएर बिरामी परेका थप एक पुरुषको मृत्यु 

ओखलढुङ्गान्युज । ५ असार, ओखलढुङ्गा । जंगली च्याउ खाएर बिरामी परेका ओखलढुङ्गा चम्पादेवी गाउँपालिकाका थप एक पुरुषको मृत्यु भएको छ । परिवारसँगै च्याउ खाएका चम्पादेवी-७ फूलबारीका २४ वर्षीय राजन बिष्टको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । 

गत जेठ ३१ गते जंगली च्याउ खाएर बिरामी परि उपचार गरिरहेका दुई बाबु छोरीमध्ये शुक्रबार साँझ बाबु २४ बर्षिय राजन बिष्टको मृत्यु भएको हो । जंगली च्याउ खाएर यसअघी उनका आमा ९३ बर्षिय मनमाया बिष्टको काठमाडौँमा उपचारका क्रममा र श्रीमती २४ बर्षिय कुमारी लागमीछानेको उपचारका क्रममा सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा मृत्यु भैसकेको छ । 

च्याउ खाएर सिकीस्त बिरामी परेका बाबु छोरीमध्ये बाबुको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी नायव निरिक्षक केशव अधिकारीले जानकारी दिए । च्याउ खाएर सिकिस्त बिरामी परेका बाबु छोरीको काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार भैरहेको थियो । उपचारका क्रममा बाबुको पनि ज्यान गएपछि बिरामी छोरीको बिचल्ली भएको छ । बिरामी परेकामध्ये तिन बर्षिया छोरी सरिस्मा बिष्ट उपचारमा रहेका छन् । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको प्रहरी निरिक्षक अधिकारीको भनाई छ । 

गत जेठ ३० गते बेलुका जंगली च्याउ खादाँ चम्पादेबी गाउँपालिका ७ फुलबारीका एकै परिवारको चारजना सिकिस्त बिरामी परेका थिए । जंगली च्याउ खादाँ एकैपरिवारका तिन जनाको ज्यान गएपछि गाउँवासी चिन्तित बनेका छन् । प्रहरीले पनि जथाभावी पाईने च्याउ तथा अन्य बिशालु पदार्थहरु सेवन नगर्न आग्रह गरेको छ ।