नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मिस नेपाल वल्र्डको उपाधी प्रियंका रानी जोशीलाई

ओखलढुङ्गान्यज असार, काठमाण्डौं यस बर्षको मिस वल्र्डको उपाधी काठमाण्डौंकी प्रियंका रानी जोशीले पाएकी छन् । शनिवार ललितपुरको गोदावरीमा सम्पन्न भएको मिस वल्र्ड नेपालको ग्रान्ड फिनालेमा जोशीले उपाधी जितेकी हुन् ।

ग्रान्ड फिनालेमा प्रतिष्पर्धी सरिशा श्रेष्ठ मिस नेपाल अर्थ र न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । विजेता बनेकी जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याईदिएकी थिईन् ।

प्रतियोगिताको ग्रान्ड फिनालेमा विभिन्न ९ वटा सब–टाइटलमा पनि विजेता घोषणा गरिएको थियो । सहभागी फाईनलिष्ट प्रतिष्पर्धीहरुलाई नीति शाहसहितका ११ जना निर्णायकले प्रश्नहरु सोधेका थिए । कोभिड–१९ महामारीले अघिल्ला दुईवर्ष स्थगित भएको मिस नेपाल यसपटक भौतिक रुपमै सम्पन्न भएको हो । प्रतियोगिताको आयोजना द हिडन ट्रेजरले गरेको हो ।