नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको प्लेन 

 

तस्बिर : नेपाली सेना

ओखलढुङ्गान्युज । १६ जेठ, ओखलढुङ्गा । आइतबार विहान देखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हराइरहेको विमान खोजीको क्रममा शोमवार विहान फेला परेको नेपाली सेनाले जनाएको छ । 

हराइरहेको विमान खोजीको क्रममा मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । प्रवक्ता सिलवालले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिएको छ । 

वेपत्ता भएको विमान आइतबार दिनभरको खोजी प्रयास मौसम खराबीका कारण असफल भएपछि आज विहानै नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको थियो । नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी, १३ नेपाली यात्रु र ३ जना चालक दलका सदस्य सहित २२ जना रहेको तारा एयर जनाएको छ ।