नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

चम्पादेवी ६ का वडा अध्यक्ष केसीको पहिलो निर्णय गरिब र विपन्नको उपचार कोष स्थापना गर्ने

ओखलढुङ्गान्युज १३ जेठ, घोराखोरी चम्पादेवी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष गणेश केसीले पदभार ग्रहण गरेका छन् । पालिकाका निर्वाचित वडा अध्यक्षहरुले पहिले नै पदभार ग्रहण गरिसकेका भएपनि वडा अध्यक्ष केसीले विहिबार पदभार ग्रहण गरेका हुन् ।

वडा अध्यक्ष केसीले पदभार ग्रहण गरेसँगै बसेको वडा समितिको पहिलो बैठकले चम्पादेवी वडा नं. ६ का दलित, गरिब तथा विपन्नहरुको उपचारकोष स्थापना गर्ने निर्णय गरेको छ । उपचार कोष खडा गर्नुका साथै गरिब तथा विपन्न विरामीहरुको उपचारका लागि अविभावकत्व ग्रहण गर्ने समेत निर्णय गरेको हो ।

चम्पादेवी गाउँपालिकाको वडा नं. ६ का वडा अध्यक्ष केसी नेकपा माओवादी केन्द्रका तर्फवाट वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । चुनावी मुखमा पार्टीको पालिका अध्यक्ष नै नेकपा एमालेमा प्रवेश गरेर उमेद्वार वनेपछि कडा चुनौती र चुनावी प्रतिष्पर्धाका विच केसी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।