नेपाली समय Loading...२०८१ बैशाख १४ शुक्रबार

मोलुङ १ मा एमालेका बानिया प्यानल सहित विजयी

ओखलढुङ्गान्युज जेठ, प्राप्चा स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारि रहदा मोलुङ १ कुन्तादेवीमा एमालेका उमेद्वारहरु विजयी भएका छन् । कुन्तादेवीमा एमाले अध्यक्ष पदका उमेद्वार कमल बानिया फराकिलो मतान्तरका साथ विजयी भएका हुन् ।

विजयी भएका बानियाले ९२६ मत पाउदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वार टोपराज धमलाले ५१३ मत मात्र पाए । जिल्ला भरको मतगणनाको तथ्यांक हेर्दा वडा अध्यक्ष पदको निर्वाचनमा भएको यो मतान्तर सबैभन्दा फराकिलो हो । कुन्तादेवी नेपाली कांग्रेसवाट निर्वाचित भएका मोलुङ गाउँपालिकाको उपाध्यक्ष एवम् मोलुङ गाउँपालिकाको पालिका अध्यक्ष पदमा दावी गर्ने कांग्रेसका नेताहरुको वडा समेत हो ।

कुन्तादेवीवाट गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले ७२०, कांग्रेसले ५८६, एकिकृत समाजवादीले १११ तथा राप्रपाले १३ मत पाएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ७७७, माओवादी केन्द्रले ३७७, एकिकृत समाजवादीले २४ र राप्रपाले ५ मत पाएका छन् । अब मोलुङ गाउँपालिकामा महत्वका साथ हेरिएको वडा नं. ५ प्राप्चा र वडा नं. ६ श्रीचौरको मतगणना बाँकी रहेको छ ।